आइतबार ३१ आश्विन २०७८

काठमाडौँ – देशका पहाडी भू-भागमा मंगलबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसबाहेक अन्य भू-भागमा मौसम सफा रहने मौसमविद्ले बताएका छन्।

पहाडी भू-भागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका केही भू-भागमा तुँवालोको असर कायमै रहने महाशाखाले जनाएकाे छ ।

मंगलबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

अहिले बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका धेरै स्थानहरूमा बिहानैदेखि तुँवालो रहेको मौसमविदले बताएका छन्।

हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी न्य”न चापीय रेखाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

deshsanchar

१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया