Monday, January 18

२०७७ सालको नागपञ्चमीमा यस्तो छ संयोग !

July 25, 2020 220

काठमाडौं, नागपञ्चमी साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा मनाउने गरिन्छ । यस दिनमा नागको पुजा गर्ने पुरानो चलन छ । भगवान शिवको गलामा भएको नाग वासुकि हुन् ।नाग पञ्चमीमा वासुकी नाग, तक्षक नाग र शेषनागको पुजा विधि अनुसार गरिन्छ । यसपटक नागपञ्चमी साउन १० गते शनिबार परेको छ । उत्तरा फाल्गुनी न’क्षत्रपछि ह’स्त न’क्षत्र रहनेछ । यस क्रममा मंगल वृश्चिक लग्नमा जाने हुदाँ खास संयोग हुनेछ । यसै दिन क’ल्कि भगवानको जयन्ती र विनायक च’र्तुर्थीको व्रत प्रारम्भ हुनेछ ।नाग पञ्चमी देवः नागपञ्चमी पुजा र व्रतका ८ देवलाई मानिएको छ ।

अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शं’ख नामका अष्ट ना’गहरुको पुजा गरिन्छ ।नागपञ्चमीको व्रत गर्नेहरुले चतुर्थीको दिनमा एकपटक भोजन तथा पञ्चमीको दिन उ’पवास गरेर बेलुका व्रत खोल्नु पर्छ ।नाग पुजाः पुजा गर्न नागको चित्र वा माटोको सर्पको मु’र्ति बनाएर ढोकाको माथी बेसार, चामल र फुल च’ढाएर नाग देवताको पुजा गरीन्छ । त्यसपछि दुध, घीउ र चीनी मिसाएर नाग देवतालाई अ’र्पित गर्नुपर्छ । नागलाई आरती उ’तार्नु पर्छ ।यदि घरको वरिपरि सर्प आएमा पनि नागको पुजा गर्ने प्रचलन छ । सर्पलाई दक्षिण फ’र्केर पुजा गरी बिदा गर्नु पर्छ । र अन्त्यमा नाग पञ्चमीको कथा सुन्नुपर्छ । धार्मिक ग्रन्थको सहयोगमा

प्रतिकृया दिनुहोस्