बिहिबार ३० बैशाख २०७८

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीमा आफूबाट भएको गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले आत्मालोचना गर्दै फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्ने बताएका हुन् ।

उनले २०७५ जेठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गरेर त्यसमा खुला रूपमा छलफल गर्न आग्रह पनि गरेका छन् । पार्टीलाई बिधिसम्मत रूपमा सञ्चालन गर्न सबै तयार हुनुपर्ने उनको भनाइ छ । उनले जमिनमा टेकेर जनतातर्फ फर्कनुमा नै सबैको भलो हुने टिप्पणी गरेका छन् ।

एमाले विवाद समाधानका लागि यस्तो उनको सुझाव;
“पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौं । त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गरौं । बैठकमा खुला खुलस्त छलफल गरौं । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौं । आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौं । पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔं ।

महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गराैं, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौं र परिणाम सबैले स्वीकार गरौ । आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाउँ । जमिनमा टेकौं र जनतातर्फ फर्काैं । यसैमा छ सबैको भलो”

news18nepal

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया