मंगलबार १४ मंसिर २०७८

‘प्रधानमन्त्रीको छेउमै राख्छु विशेष अतिथि बनाउँछु’ भन्दै सबैका प्रिय सञ्चारकर्मी ऋषि धमलाले वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेबाट १० लाख रुपैयाँ सहयोग हात पारेको खबर मन्त्रालयमा व्यापक छ ।
१७ चै २०७७ ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्वको खर्च स्वरुप धमलाले अन्य मन्त्रीहरुबाट पनि रकम लिएको खुलेको छ । यसैगरी उद्योगमन्त्री लेखराज भट्टबाट धमलाले ५ लाख रुपैयाँ लिएको श्रोतको भनाई छ ।

सुदूरपश्चिमबाट दुई जना दिलदार नेता मन्त्री भएकोमा सबैभन्दा बढी फाइदा धमलालाई भएको सम्बन्धित मन्त्रालयका कर्मचारीहरु बताउछन । धमलालाई सुदूरपश्चिम र मधेशी नेताहरुले मात्र महत्व दिंदै आएका छन । सुदूरपश्चिमका अर्का मन्त्री गणेश ठगुन्नाले पनि धमलालाई २ लाख रुपैयाँसम्म सहयोग दिएको सामान्य मन्त्रालयमा चर्चा छ ।

वनमन्त्री आलेले धमलालाई पहिले देखिनै आर्थिक सहयोग गर्दै आएको समाचार श्रोतको भनाई छ । धमलाले जो जससंग ५/१० लाख रकम सहयोग लिए ती सबैलाई विशेष अतिथि बनाउछु र प्रधानमन्त्रीको छेउमा बस्ने व्यवस्था मिलाउछु भनेर खुसी पारेका थिए । सुदूरपश्चिम बाहेकका अन्य मन्त्रीहरुकोमा धमला विरलै जान्छन् ।

सिंहदरबार छिर्दा धमलाको रोजाईको मन्त्रालयमा वन तथा वातावरण पहिलो र उद्योग वाणिज्य तथा आपूर्ति दोश्रो प्राथमिकतामा पर्ने कर्मचारीहरु बताउछन् । उनले तोक आदेश र भनसुनमा हुने दर्जनौ गैरकानुनी कामहरु बोकेर मन्त्रीहरुसंग वार्तालाप गर्ने गरेको उद्योग मन्त्रालयका एकजना कर्मचारीले साँघुका सम्बाददातालाई बताए ।

रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा धमलाले मन्त्री, नेता र व्यावसायी र निर्माण व्यावसायी अन्य साना ठूला ठेकेदारहरुबाट समेत गरी करिब २ करोड रुपैया“ सहयोग गरेको श्रोत बताउछ । वार्षिकोत्सवका लागि खर्च जुटाउन धमला ३ महिना देखि दिनरात खटेका थिए ।

पछिल्लो समयमा मन्त्री लेखराज भट्ट र प्रेम आलेलाई धमलाले आफ्नो प्राइम टाइम टेलिभिजनमा नियमित जस्तै स्पेश दिंदै आएका छन । त्यो वापत यी दुई मन्त्रीले धमलालाई दिलखुस हुनेगरी आर्थिक सहयोग पनि गरिरहेको चर्चा सिंहदरबारमा भइरहेको छ ।

टेलिभिजन चलाउन मुश्किल भो भन्दै व्यावसायी, ठेकेदार, मन्त्री र सरकारी उच्चपदस्थ कर्मचारीसंग धमलाले रकम मागेर हैरान पारेको चर्चा वजारमा व्यापक छ । उनी ‘जनता जान्न चाहन्छन्’ मा अन्तर्वार्ता दिलाउन खुल्लम खुला आर्थिक सहयोग माग्ने गरेको टेलिभिजनकै एक जना पूर्वकर्मचारीले बताए ।

उसो त मन्त्री प्रेम ओले नेकपा एमालेमा सबैभन्दा धनी नेताका रुपमा चिनिन्छन । पौने ३ करोडको निजी प्राडो जिप चढ्ने आले काठ व्यावसायबाट विगत २० बर्ष यता लखपतिबाट अर्वपति बन्न सफल नेता हुन् । आफ्नो टिमले जंगल कटानीको ठेक्का नपाउदा बबाल मच्चाएर प्रधानमन्त्री समेतलाई प्रभावमा पारी वैज्ञानिक वन व्यवस्थापन नै खारेज गराएको आरोप मन्त्री आलेमाथि लाग्दै आएको छ ।

सुदूरपश्चिम वा कोही चिनजानको मानिस विरामी भयो भयो भने न्युनतम रु २५ हजार सहयोग आलेको रेट नै रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । आलेले दिलखोलेर पैसा दिन्छन् भन्ने चर्चा व्यापक हुँदा आजकाल आर्थिक सहयोगका लागि पत्रकार भनिनेहरुले वन मन्त्रालयको दैनिक चक्कर काट्ने गरेको प्रत्यक्ष देख्ने कर्मचारीले सा“घु सम्बाददातालाई बताए । साँघु न्यूजबाट

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया