Friday, October 23

के कुलमान घिसिङ् गलत होलान त ? प्राधिकरणकै कर्मचारीहरुले आरोप लगाए

August 27, 2020 103

काठमाडौं-:  मंगलबार साँझ सामाजिक संजालमा बधाईको ओइरो लाग्यो । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलामान घिसिङ्लाई नै पुन नियुक्त गरेकोमा बधाईको ओइरो लागेको थियो ।बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु हुनासाथै कुलमानप्रति आउन थालेको बधाईको ओइरो त्यातिबेला मात्रै रोकियो जतिबेला केही अनलाइन मिडियाले कुलमानको नियुक्ति सहि नभएको र मन्त्रिपरिषदमा प्रस्ताव नै नपुगेको उर्जा मन्त्रालयको खण्डन प्रकाशन गरे’ ।

१८ घण्टासम्म लोडसेडिङ् झेलिरहेको नेपाललाई लोडसेडिङ्मुक्त बनाउने जस उनै कुलमान जान्छ र जनसमुदायमा उनीप्रति अथाहा सर्मपर्ण रहेको देखिन्छ ।उनलाई रुचाउनेहरुको संख्या यति ठुलो छ कि सेलिबेटी फिगरदेखि सामान्य मानिससम्म । तर देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली भने कुलमान घिसिङ्सँग सन्तुष्ट छैनन् ‘। कुलमानले बालुवाटारबाट लगाइएका सामान्य नियुक्ति र सरुवा बढुवाका काममा समेत नटेरेपछि ओली रिसाएका हुन् ।

प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरणले गरेको काम कारवाहीको जस नेपाल सरकारलाई आउनुपर्नेमा कुलमानले नीजि जस्तै बनाएको भन्दै उनलाई नदोहोर्याउने पक्षमा उभिएको बताइन्छ ।’साथै ओलीले आफ्नो पपुलारिटीका लागी मात्रै कुलमानले काम गरेको र सरकारलाई नटेरेकोले कुलमानको विकल्प अरुलाई नै कार्यकारी निर्देशक बनाउने तयारीमा रहेको बालुवाटार स्रोत बताउँछ ।उसो त उर्जा मन्त्रालय समेत कुलमानसँग खुश छैन । उर्जा मन्त्रालयका कतिपय वरिष्ठ अधिकारीहरु र मन्त्रीसमेत कुलमानको कार्यशैलीप्रति खुश छैनन् । उनले कसैलाई पनि नटेर्ने र पछिल्लो समय जायज कुरा पनि नसुन्ने गर्न थालेको मन्त्रालयमा चर्चा चल्ने गरेको छ’ ।

उनैले नेतृत्व गरेको प्राधिकरणका कर्मचारी कुलमानको कार्यशैलीसँग असन्तुष्ट छन् । पपुलारिटीको आडमा कुलमान नि,र कुंश र नो,कर,शाही बन्दै गएको कर्मचारीहरुको दावी छ ।उर्जामन्त्री वर्षमान पुन यसबारेमा मौन रहेपनि उनको सचिवालयका सदस्यहरुले भने कुलमानले कार्यशैली सच्याउनुपर्ने नत्र दोहोर्याउन नसकिने बताएका छन् ‘।

the AB present nepal

 

 

प्रतिकृया दिनुहोस्