बिहिबार १६ मंसिर २०७८

काठमाडौ । तस्बिरमा देखिएका ब्यक्ति नेत्रविक्रम चन्द (विप्लव) का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ हुन् । उनी पनि विप्लबकै समुहमा छन् । भाईको राजनीतिक विचारलाई लिएर भुमिगत राजनीतिमा रहेका उनी पनि अहिले अप्ठेरोमा परेका छन् । उनलाई वि ष्फो टक पदार्थ सम्बन्धी कसुर मु द्दा मा बयानका लागि उपस्थित हुन अदालतले सूचना जारी गरेको छ ।उनको घर कपिलबस्तुमा हो । अदालतले खोजी गर्दा फेला नपरेको भन्दै उनका नाममा सूचना जारी गरेको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका(९ शिवगढी घर भनिए उनी त्यहाँ फेला नपरेको सूचनामा उल्लेख छ । उनी फेला नपरेपछि अदालतले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गरि हाजिर हुन भनेको हो । उनलाई जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन निर्देशन दिएको छ । ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मु द्दा फैसला हुनेछ,’ जिल्ला अदालत रुपन्देहीले जारी गरेको सूचनामा लेखिएको छ ।

उनलाई लागेको मु द्दा मा वयानका लागि अदालतले बोलाएको हो । गत फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गर्दै नेत्रविक्रम चन्द (विप्लव) समूह शान्तिपूर्ण राजनीतिमा आएको छ । तर केही घटनाहरुमा संलग्न ब्यक्तिहरु भने अहिले पनि जेलमै छन् । उनीहरुलाई लगाइएको मु द्दा फिर्ता लिने भनिएपनि त्यो पुरा भएको छैन ।

सरकारले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध मात्र हटाएको छ । तर सरकार र विप्लब समुहबीच उसका नेता कार्यकर्ताहरुको रिहाइ र उनीहरुमाथि लागेका सबै मु द्दा हरु खारेज गर्ने सहमति भएको बताइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा (बादल) र विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । तर उनीहरुबीचको सहमति पत्र भने सार्वजनिक गरिएको छैन ।

etajakhabar

१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया