Tuesday, October 20

पर्साको वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ। २ दिनमा ३ जनाको मृत्यु

July 25, 2020 139

कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले आज (शनिबार) बिहानदेखि पर्साको वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

बिहान ५ बजेदेखि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो। ‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित हुने र मर्ने क्रम बढेपछि स्थानीय प्रशासन निषेधा लागू गर्ने निष्कर्षमा पुगेको हो।

दुई दिनको बीचमा वीरगञ्जमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ। ५७ जना संक्रमित उपचारको क्रममा छन्। शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि काेरोना पुष्टि भएको छ। दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयलमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो।

महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

पर्सामा पछिल्लो पटक ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सात महिलासहित ३२ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार संक्रमित हुनेमा नौमहिने बालकदेखि ६० वर्षीयासमेत छन्। वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका पाँच थुनुवा पनि संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

Source Nepalkhabar

प्रतिकृया दिनुहोस्