शुक्रबार ३१ बैशाख २०७८

हिमानीले दिइन् पारसलाई माफी! पारससंगको तस्बिर राख्दै लेखिन् यस्तो भावुक स्टाटस

पूर्व रानी कोमल शाहको जन्मदिनमा पूर्वयुवराज पारस शाह पनि सहभागी भएको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । नेपालमै भएपनि पूर्वयुवराज पारस परिवारका साथमा छैनन् । उनी एक्लै वस्दै आएका छन् ।

पत्नी हिमानीसंग पनि उनको सम्बन्ध सुमधुर नभएका कारण उनी एक्लै बस्दै आएको बताइएको छ । पारसको ब्यवहारका कारण हिमानी र परिवार टाढा भएको हो ।तर लामो समयपछि पारस र पत्नी पूर्वयुवराज्ञी हिमानी शाह भेट भएका छन् । उनीहरुबीच केही कुराकानी पनि भएको बताइएको छ । तर उनीहरुले के कुराकानी गरे भन्ने कुरा भने खुलेको छैन ।

लामो समयदेखि टाढा रहेका यि दम्पत्तीबिच झापाको होटल मेची क्राउनमा भेट भएको हो । सो बेला परिवारका सबै सदस्य उपस्थित थिए । उनी आमा कोमल शाहलाई जन्मदिनको शुभकामना दिन पुगेका थिए । श्रीमान पारससंग लामो समयपछि भेट गरेकी हिमानीले सकारात्मक प्रतिकृया दिएकी छन् । दुई जना भेटिएको खबरसंगै उनीहरुको शुभचिन्तकले हिमानीलाई माफी दिनु भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।

हिमानीले पनि शुभचिन्तकको चाहना अनुरुपकै प्रतिकृया दिएकी छन् । श्रीमान पारससंगको तस्बिर सार्वजनिक गर्दै हिमानीले जिवन प्रतिशोधका लागि प्रेमका लागि हो भन्दै स्टाटस लेखेकी छन् । उनको यो स्टाटसले हिमानीले पारसप्रति माया देखाएको बुझ्न सकिन्छ । उनको यो स्टाटस अहिले निकै भाइरल भएको छ ।

euonlinekhabar

६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया