Monday, October 19

चाङ भनेर चिनिने एक चिनियाँ नागरिक नेपालमा अवैध धन्दामा रहेको खुलेको छ

August 27, 2020 146

काठमाडाैं । चाङ भनेर चिनिने एक चिनियाँ नागरिक नेपालमा अवैध धन्दामा रहेको खुलेको छ ।

चिनियाँ नगरिक चाङ (Zhang Jinxiang) नेपालमा विभिन्न आवरणमा अवैध ढंगले गैरकानुनी ढंगले काम गर्दै आइरहेको खुलेको हो ।

केहि समय पहिलेसम्म उनी नेपालबाट चीनमा व्यापारिक प्रयोजनका निम्ति व्यापारीले लैजाने पैसा हुण्डी गर्ने र चिनियाँले नेपालमा अवैध रुपमा लगानी गर्न चाहेमा लगानी भित्र्याउने काम गर्दै आइरहेका स्रोतले जनाएको छ । नेपालमा नेता तथा व्यापारीसँग राम्रो सम्बन्ध बनाएका चाङले अवैध रकम ल्याएर विभिन्न शक्तिकेन्द्रहरुलाई फकाउने र आवश्यक आर्थिक सहयोग गर्ने गर्दै आएको स्रोतले जनाएको छ ।

चाङले चितवनको भरतपुर महानगरपालिका-०५ स्थित नारायणपुरमा झण्डै ६ बिगाह जमिन भाडामा लिएर घाँस उत्पादन कम्पनी चलाइरहेको जनाउने गरेका छन् । तर, उनी उक्त कम्पनीका सदस्य देखिने कुनै प्रमाण नदेखिएपनि आफूलाई उक्त कम्पनीको लगानीकर्ता भनेर चिनाउने गरेका छन् ।

टिएनयु नामको घाँस उत्पादन कम्पनीमा एक नेपाली नागरिकको मात्रै लगानी देखिएपनि ती नागरिकले चिनियाँ लगानी भित्र्याउने र चिनियाँ लगानीकर्तालाई सेयर दिने गरेर काम अगाडी बढाएपनि चाङले नेपालमा अवरोध खडा गर्दै आइरहेका कारण कम्पनीको कन्ट्रक्सन ठेकेदार समेत मर्कामा परेको स्रोतले जनाएको छ । चिनियाँ लगानीकर्ताले कम्पनीका लागि भन्दै पठाएको रकम समेत हिनामिना गरेर उनले कम्पनीलाई नोक्सान पुर्‍याउने काम गरिरहेको जनाइएको छ । चीनबाट कम्पनीको नाममा लगानीको रुपमा करोडाैं रकम आएपनि उनले उक्त पैसा आफूखुशी खर्च गरेर अहिले कम्पनीमा विभिन्न बहाना बनाएर चिनियाँ लगानी कर्तालाई समेत झुक्याउने काममा लागेका छन् ।

स्रोतका अनुसार चाङले आफू नै नेपालका लागि चिनियाँ लगानीकर्ता भएकाले कम्पनीमा हुने खर्च बेहोर्ने भन्दै काम गराएपनि उनले ठेकेदार कम्पनीलाई पैसा नदिएर झुलाउन थालेका हुन् । १० वर्षका लागि जग्गा भाडामा लिएर सञ्चालनमा आएको टिएनयु कम्पनीको चिनियाँ आधिकारीक व्यक्ति हुँ भनेपनि कम्पनीमा विभिन्न अवरोध खडा गर्न थालेका कारण कम्पनीमा उत्पादीत घाँस समेत चीन पठाउन कठिन बन्दै गएको जनाइएको छ ।

नेपालमा घाँस प्याकिङ भएर बसेको छ । नेपालबाट चीनमा घाँस पठाउन क्वारिन्टिन पास गरेर तयारी भएपनि चाङले विभिन्न शक्तिकेन्द्र धाएर अवरोध खडा गर्दै आएको स्रोतको दाबी छ ।

काठमाडाैंको डिल्लीबजारमा केन्द्रिय कार्यालय स्थापना गरिएको टिएनयुले चितवनको उत्पादन फ्याक्ट्रिमा १७ जना कामदारबाट काम सञ्चलन गरिरहेको जनाइएको छ ।

१४ वर्षदेखि नेपालमा बस्दै आएका चाङ श्रीमतिसहित अहिले सामाखुशीमा बस्दै आएका छन् । उनी नेपालमा रहेपनि भिषाका निम्ति विभिन्न कम्पनी खडा गर्ने र कम्पनीको अद्यावधिक समेत नगर्ने गर्दै आइरहेको स्रोतले जनाएको छ ।

चिनियाँ नागरिकलाई नेपाल ल्याएर विभिन्न राजनीतिक दलका नेताहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुसँग भेटाउने काममा समेत संलग्न रहेका उनी आफूलाई नेपालमा स्थापित चिनियाँ व्यापारीको रुपमा चिनाउने गरेका छन् । स्रोतका अनुसार उनी नेकपाका नेताहरुसँग अलि धेरै हिमचिम बढाउदै आएका छन् । भने, प्राकृतिक विपद् तथा अन्य किसिमका सामाजिक काममा समेत उनले चिनियाँ व्यापारीहरुलाई अनुरोध गरेर नेपालमा सहयोग भित्र्याएर स्थानीय जनप्रतिनिधि वा नेताहरुलाई हस्तान्त्रण गर्ने गरेका छन् ।

चाङ नेपालमा प्रदेश ३ ०१ ०२२ च ९६६ नम्बरको टिएनयु कम्पनीको नाममा रहेको स्कार्पियो चढ्दै आइरहेका छन् । भने, उनले आफ्नी श्रीमतिका लागि सुजुकी भेटाराको बा५च ८२६६ नम्बरको गाडी व्यवस्था मिलाएका छन् ।

प्रायः ठमेलका विभिन्न होटेल रेस्टुरेन्टमा भेटिने चाङ चिनियाँ व्यापारी भनेर चिनाउने गरेपनि उनी नेपाल सरकारद्वारा अवैध मानिएको हुण्डी कारोबारमा समेत संलग्न रहेको स्रोतको दाबी छ । उनले टिएनयु कम्पनीमा आफ्नो लगानी दाबी गर्दै आइरहेपनि वैध ढंगले लगानी नल्याएको स्रोतको दाबी छ ।

tukikhabar

प्रतिकृया दिनुहोस्