Tuesday, October 27

ग्रिनसिटीका अध्यक्ष टण्डन, ठूला बढाको शरण खोज्दै, अपराध लुकाउँन यस्तोसम्म गर्छन्

August 27, 2020 136

एकपछि अर्को गर्दै बिवादमा आउँने गरेको काठमाडौंको ग्रिनसिटी अस्पतालको कर्तुत सञ्चार माध्यममा छताछुल्ल भएपछि यस अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले शक्ति केन्द्रको शरण खोज्न थालेका छन् । अस्पतालमा झुक्याएर ल्याईएका बिरामीहरुको गलत उपचार गर्ने र चर्को रकम समेत असुलेर सडकमै ल्याउँने आरोप लाग्दा लाग्दै यस्ता घटनाहरु दबाउँन नसकेको अस्पतालले यस्तो रणनीति बनाएको हो ।

अरुबेलामा पनि तीब्र बिवादमा आउँने यस अस्पतालमा सर्बाधिक बिवाद भने पछिल्लो समय पत्रकार तथा कलाकार देव लामाको उपचार प्रकरणमा आएको थियो । अस्पतालका अध्यक्ष टण्डनले प्रति बिरामी २० हजारका दरले कमिशन दिने आस्वासन दिएपछि एम्बुलेन्स चालक सरोज पाण्डेले लामालाई जबरजस्ती ग्रिनसिटी अस्पताल पुर्‍याएका थिए । घरको शौचालयका लडेका लामाको उपचार राम्रो तरिकाले गरिदिने बचन दिएपछि परिवारले लामाको टाउकोको सल्यक्रिया गर्न अस्पताललाई अनुमति दिएकोमा गलत सल्यक्रिया गरेपछि देव लामाको घाँटीमा प्वाल पर्ने मात्र नभई टाउकाको हड्डी समेत छुट्टिएर उनी अर्धचेत बनेपछि बिवाद सुरु भएको थियो ।

अर्धचेत र अर्धमृत अवस्थामा रहेका देव लामाको बारेमा उत्पन्न बिवाद समाधान गर्न लामा परिवार र अध्यक्ष टण्डनबीचमा धेरै पटक बार्ता र सहमति समेत भएपनि टण्डनले सहमति पालना नगरेपछि पत्रकार तथा कलाकार देव लामा बचाउ संघर्ष समिति नै गठन भएको थियो । उक्त समितिले पत्रकार सम्मेलन गरेरै संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो तर जारी लकडाउन र निशेधाज्ञाको कारण संघर्षका कार्यक्रमलाई निरन्तरता दिन अलि जटिल भएको संघर्ष समितिका संयोजक प्रल्हाद खकुरेलले बताएका छन् ।

यसबीचमा अस्पतालका अध्यक्ष टण्डनले समिति खारेज गराउँन र उनको अस्पतालले गरेको आपराधिक कर्तुत सार्वजनिक नगर्न बारम्बार दवाब दिने गरेका छन् । यति मात्र होईन उनले समितिको को व्यक्ति कुन शक्ति, नेता वा माध्यमको नजिक छ त्यस्ता व्यक्ति वा शक्ति प्रयोग गर्न थालेका छन् । अध्यक्ष टण्डनले राजनीतिक दलका नेतादेखि गुण्डासम्मलाई प्रयोग गरेर संघर्ष समितिका संयोजक, पीडित लामाकी पत्नी मिरा जोशी (लामा) र समितिका सदस्यहरुलाई नै धम्की दिई रहेका छन् ।

सबोच्च अदालतमा बिचाराधिन रहेको युनिटी लाईफ नामक बिवादास्पद नेटवर्क कम्पनीको एक नाईके समेत रहेका टण्डनले शैलेश थापा नेपाल प्रहरीको महानिरिक्षक हुनासाथ उनीसँग हतार हतार तस्वीर खिचेर फेसबुकमा अपलोड गर्दै आफ्नो पहुँचको दम्भ समेत देखाउँन खोजेका थिए भने पूर्व प्रहरी समेत रहेका समिति संयोजक खकुरेललाई पनि बरिष्ट प्रहरी अधिकारी प्रयोग गरेर गलाउँन खोजेको बताईएको छ । आफ्नो पृष्ठभूमि र अस्पतालको अपराध लुकाउँन जस्तोसुकै हतकण्डा अपनाउँन बाँकी नराख्ने टण्डन पहिले थर्काउँने/धम्काउँने, फकाउँने वा प्रलोभन देखाउँने जे गर्न पनि पछि पर्दैनन् ।

एकपटक सेवा लिएपछि कहिल्यै सेवा नदोहोर्‍याउँने गरी सेवाग्राही भड्किने अस्पतालको रुपमा परिचय बनाएको यस अस्पतालमा आउँने सेवाग्राहीहरुले झुक्किएर पनि त्यहाँ नजान आम व्यक्तिहरुलाई आग्रह गर्ने गरेका छन् । नेपाल मेडिकल काउन्सिलले समेत चासो लिएर कारवाहीको तयारी गरेको अस्पतालको कर्तुत ढाकछोप गर्न सञ्चार माध्यमलाई समेत धम्क्याई रहेका अध्यक्ष टण्डनको हर्कत आफैंलाई प्रत्युत्पादक बन्दै गई रहेको छ

online pana

प्रतिकृया दिनुहोस्