Saturday, October 31

विश्वभर संक्रमित २ करोड ४० लाख पार छ भने ८ लाख २४ हजार ३ सय ६८ को मृत्यु

August 27, 2020 94

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ४० लाख पार भएको छ भने मृत्यु हुने संक्रमितको संख्या ८ लाख २४ हजार ३ सय ६८ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको कोरोना भाइरस रिसोर्स सेन्टरले एकत्रित गरेको तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या २ करोड ४० लाख ८८ हजार ६ सय ९२ पुगेको छ। सबैभन्दा धेरै संक्रमित संयुक्त राज्य अमेरिकामा रहेका छन्। त्यहाँ संक्रमितको संख्या ५८ लाख २१ हजार १ सय ९५ रहेको छ।

संक्रमितको मृत्यु रफ्तार पनि जारी छ। विश्वभर अहिलेसम्म ८ लाख २४ हजार ३ सय ६८ जनाको मृत्यु हुँदा अमेरिकामा मात्र ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार ६ सय ९५ पुगेको छ। मृत्युको होडमा दोस्रो स्थानमा ब्राजिल रहेको छ। ब्राजिलमा १ लाख १७ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ। मेक्सिकोमा मृत्यु हुने संक्रमितको संख्या ६२ हजार ७६ रहेको छ।

संक्रमितको संख्याका आधारमा अमेरिका, ब्राजिल, भारत, रसिया, दक्षिण अफ्रिका, पेरु, मेक्सिको क्रमश रहेका छन्।

pahilo post

प्रतिकृया दिनुहोस्