Monday, October 19

अस्पतालका ६ चिकित्सकमा कोरोनापुष्टि भएपछि, ओपिडी सेवा बन्द…!

August 27, 2020 154

काठमाडौ । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना पुष्टि देखिएको छ । अस्पतालका अनुसार कोरोना देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर कोरानो भएका व्यक्तिबाट जोखिम बढेको बताउनुभयो । हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् ।

चिकित्सकमा कोरोना देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्र्ने निर्देशक खड्काको भनाइ छ । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना देखिएको थियो

प्रतिकृया दिनुहोस्