Friday, October 23

पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

August 27, 2020 100

काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ। बुधबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

पछिल्लो समय संक्रमण दर बढेसँगै मृत्युदर पनि बढेको छ। कडा लक्षणसहितको संक्रमित देखिनु र दीर्घरोगीहरूमा समेत बढी संक्रमण देखिएकाले मृत्युदर बढेको बताइएको छ।

the nepal top

प्रतिकृया दिनुहोस्