बुधबार २० साउन २०७८

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको परिवार नै कोरोनाका कारण समस्यामा पर्यो । अमिताभ, उनका छोरा, बुहारी र नातिनी लामो समय अस्पताल वसेर निस्किए । कोरोनाको कहर कमजोर हुँदै गएको बेलामा फेरी अचानक बलिउड अभिनेता अमिताभ अस्पताल भर्ना भएको कुरा उनी आफै सार्वजनिक गरेका छन् ।

सोसल मिडियामा असाध्यै सक्रिय रहने अमिताभले आफ्ना हरेक समस्या साझेदारी गर्छन । कहिले ट्वीटरमा त कहिले ब्लगमार्फत् उनी लगातार आफ्नो प्रशंसकसँग लगातार सम्पर्कमा रहन्छन् । आफ्ना ब्यक्तिगत जिवनका बारेमा पनि उनी सार्वजनिक गर्छन । तर शनिवार राति अमिताभले लेखेको एक स्टाटसले भने उनका प्रशंसक दुखी भएका छन् । कुराकानी

अभिनेताका नयाँ ब्लगले सबैमा कौतुहल जताएको छ । ब्लगमा अमिताभ बच्चनले स्वास्थ्य स्थितीका कारण उनको शल्यक्रिया हुन लागेको जानकारी दिएका छन् ।

अभिनेताले शनिबार राती एउटा पोस्ट लेखे । पोस्टमा उनले लेखे, ‘स्वास्थ्य अवस्था.. शल्यक्रिया.. योभन्दा बढी केही लेख्न सक्दिनँ ।’

स्मरण रहोस्, कुली फिल्मको सेटमा भएको दुर्घटनापछि नायकको थुप्रै पटक शल्यक्रिया भइसकेको छ । यत्तिका वर्षपछि पनि नायकलाई त्यो बेलाको समस्याले आज पनि तनाव दिने गरेको छ । तर उनले आफ्नो किन र के को शल्यकृया हुन लागेको हो भन्ने जानकारी नदिदा उनका प्रशंसकमा कौतुहलता जागेको हो ।

 

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया