Tuesday, October 27

कोरोना संक्रमणको कारण अमेरिकामा १ लाख ८२ हजार ९ सय २३ जनाको ज्यान गइसकेको

August 27, 2020 98

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख २६ हजार २ सय ७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ४१ लाख ९१ हजार ७ सय १८ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ६७ लाख ४ हजार २ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ८ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८२ हजार ९ सय २३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १५ हजार १ सय ५१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५९ लाख ७० हजार ८ सय ७९ पुगेको छ ।

हालसम्म ३२ लाख ५७ हजार ९ सय ६२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

लोकपथ

प्रतिकृया दिनुहोस्