सोमबार २७ बैशाख २०७८

काठमाडौँ, २९ चैत । माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहनुहुने भएको छ ।

माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ । एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुषा १ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को (ख) बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले हुनुभएको हो । बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बन्नुभएको छ ।

प्रदेशसभामा माओवादीका ११ सांसद रहेकोमा चारजनालाई कारवाही गरेपछि ७ जनामा सिमित हुने भएको हो । माओवादीले राजनीतिक दल सम्बन्धी ऐनको प्रयोग गरि एमालेमा प्रवेश गरेका चारजना प्रतिनिधिसभा सदस्यको पद रिक्त गराइसकेको छ । त्यस्तै प्रदेश १ र लुम्बिनीका तीन जना प्रदेशसभा सदस्यको पद रिक्त भइसकेको छ भने राष्ट्रियसभाका दुईजना र सुदूरपश्चिमका एकजना सदस्यको पद रिक्त गराउने प्रक्रियामा छ ।

pathivaranews

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया