Friday, October 23

शास्त्रअनुसार बिहिबारका यस्ता कार्य गर्नुहोस् सुभफल मिल्नेछ !

August 27, 2020 284

एजेन्सी । ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ ।
यदि तपाईलाई आर्थिक समस्या र अन्य कुराले सताइरहेको छ भने बिहिबार भूलेर पनि यस्ता काम नगर्नुहोस् ।
१. पिता, गुरू र साधुसन्त बृहस्पतिको प्रतिनिधि भएकाले कहिले पनि यिनको अपमान नगर्नुहोस् ।
२. खिचडी घरमा नबनाउनुहोस् र बाहिर पनि नखानुहोस् ।
३. यो दिनमा नङ नकाट्नुहोस् ।
४. महिलाहरुले यस दिन कपाल नुहाउनु हुँदैन । यसो गर्नाले सम्पत्ति र सम्पन्नताको सुखमा कमी आउने शास्त्रको मान्यता रहेको छ ।
५. कपडा धुनु हुँदैन ।
बिहिबारको दिन के गर्दा सुभफल मिल्छ ?
बिहिबारको दिन यस्ता काम गर्नाले घरमा शुभफल मिल्छ र बिग्रको काम बन्दछ ।
१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।
२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।
३. पहेँलो वस्तु दान गर्नुहोस् ।
४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।
५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
६. केरा दान गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्