शुक्रबार ०८ आश्विन २०७८

पथरी शनिश्चरे– मोरङको कानेपोखरी–२ का ४७ वर्षीय बुदन चौधरीलाई हि’रासत भित्रनै कु’टपिट हुँदा मृगौलामा समस्या आएको छ । हि’रा’सतमा लिइएपछि इलाका प्र’हरी कार्यालय पथरीमा उनको कु’ट’पिट हुँदा मृगौलामा समस्या आएको परिवारले जनाएको छ । यौ’नहिं’साको आ’रो’पमा चौधरीलाई गत चैत १६ गते प्र’हरीले नि’य’न्त्रणमा लिएको थियो ।

इलाका प्र’हरी कार्यालय पथरीको नि’य’न्त्रणमा रहेका चौधरीको दाहिने कानको माथिल्लो भागको कपाल उखेलिएको छ । जवरजस्ती कपाल तानिएको कारण त्यहाँ चो’ट देखिएको बताइएको छ ।

बेलाबेला अ’चेत हुने चौधरीको चाक र त्यस माथिल्लो भागमा र’गत जमेका डामहरू रहेको छ । प्र’ह’रीको पिटाइबाट घा’इते चौधरीलाई २१ गते प्र’ह’रीले नै उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचारको लागि लगेको थियो । लमंगलबारे अस्पतालले विराटनगर स्थित कोशी अस्पतालमा रिफर गरेपछि उनको अहिले त्यहीँ उपचार भइरहेको छ । अस्तालको बेडमा रहेका चौधरी बेलाबेला झस्किने र बेहोसमा जथाभावी बोल्ने समस्या अझै रहेको पत्नी शान्ति चौधरीले जनकारी दिईन् ।

प्र’ह’रीले नि’य’न्त्रणमा लिएको चार दिनसम्म चौधरीमा कुनै समस्या थिएन । चौधरीको श्रीमती शान्ति इलाका प्र’हरी कार्यालय श्रीमान् भेट्न जाँदै आउँदै गर्थिन् । २० गते चौधरीलाई प्र’हरीले कु’टपिट गरेर म’रणासन्न बनाएको शान्तिको भनाइ छ । हरेक दिन भेट्न जाँदा पारिवारिक र व्यवहारिक कुराकानी हुन्थ्यो । २० गते अपरान्ह जाँदा ऐया ऐया भनेपछि प्र’ह’रीबाट कु’ट’पिट भएको थाहा पाएको शान्तिको भनाइ छ ।

कान छेउको कन्सिरीको कपाल उखेलिएको चोट, चाक र ढाडमा नि’लडाम भएका चौधरीलाई अस्पताल पुर्याइए पनि दुई दिनसम्म आवश्यक औषधि नचलाएको परिवारको आ’रोप छ । प्रह’रीले औषधि नदिएपछि पाँच हजारको औषधि आफै किनेको उनले बताइन् ।

प्र’ह’रीले अमानवीय रूपमा कु’टपि’ट गरेर घा’इते बनाएको मानव अधिकारवादी संस्थामा उ’जुरी दिएपछि मात्र औषधि चलाउन थालेको घा’इते चौधरीका ज्वाइँ हरि चौधरीको भनाइ छ ।

मानव अधिकारवादी संस्थामा उ’जुरी दिएपछि जिल्ला प्र’हरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईको संयोजकत्वमा अ’नुस’न्धान समिति गठन भएको छ । डीएसपी राई इलाका प्र’हरी कार्यालय पथरी आएर सोधखोज गरेर फर्केका छन् ।

प्र’हरीले भने कु’टपिट गरेको कुरा अस्वीकार गर्दै आएको छ । सो घ’ट्ना हुनुपूर्व इलाका प्र’हरी कार्यालय पथरीका प्र’मुख डीएसपी कृष्ण खड्का घर विदामा गएका थिए । इलाका प्र’हरीमा इन्स्पेक्टर अनिलकुमार पौडेल निमित्त प्रमुख थिए । तत्कालीन निमित्त प्रमुख पौडेलले बुदन चौधरीलाई कु’टपिट नगरेको थुनुवाहरूसँग झ’गडा भएर निलडाम भएको बताए ।

घा’इते बुदन चौकरीकी पत्नी शान्ति चौधरी भने सो कुरा मान्न तयार छैनन् । यतिको निलडाम हुने गरी, केश उखेलिन्जेल अस्पताल भर्ना हुने गरी थुनुवा झगडा नहुने र भएपनि सुरक्षा गार्डले छुटाउनुपर्ने तर्क गर्दै पतिलाई बाहिर निकालेर मरणासन्न हुने गरी कुटपिट भएको दावी गर्छिन् ।

आफ्नो परिवार गरिव भएको कारण आवश्यक सहयोग नपाएको उनको गुनासो छ । कुटपिटमा संलग्न प्रहरीलाई छानविन गरी कडा कारबाही र पतिको पूर्ण उपचार हुनुपर्ने शान्ति चौधरीको माग छ ।

छानविन समितिका संयोजक डीएसपी मानबहादुर राईले बुदन चौधरी नसालु पदार्थ सेवन गर्न नपाएपछि अर्धचेत अवस्थामा थुनुवाहरूलाई कुटपिट गर्न थालेपछि हिरासतभित्रै हतकडी लगाएर राख्नुपर्ने अवस्था आएको जनाए ।

चैत २० गतेदेखि रातभर कराउने, गाडीको ब्रेकलगाएको भन्दै अन्य थुनुवालाई लात्तले हान्ने, कुटपिट गर्न थालेपछि चौधरीलाई थुनुवा कोठामै हत्कडी लगाएर राखिएको अनुसन्धानको क्रममा बुझेको जिल्ला प्रहरी प्रवक्ता मानबहादुर राईको भनाइ छ ।

कोशी अस्पताल विराटनगरमा उपचार गर्ने क्रममा बुदन चौधरीको मृगौलामा समेत समस्या देखिएको छ । प्रहरीकै पिटाइबाट मृगौलामा समस्या आएको बुदनकी पत्नी शान्ति र ज्वाइँ हरि चौधरीको भनाइ छ ।

उनीहरूले प्रहरीको हिंसामा परेका बुदन चौधरीको पूर्ण उपचार गर्न माग गरेका छन् । बुदन चौधरीलाई यौन हिंसा सम्बन्धी मुद्दा चलाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया