शुक्रबार ३१ बैशाख २०७८

काठमाडौ । टिकटक बनाउन जानेहरुको भिड बढेर ज्यानको जोखिम भएपछि स्थानिय प्रशासनले ललितपुर महानगरपालिका(४ धोबिघाटस्थित मल पोखरीमा प्रवेश निषेध गरेको छ । टिकटक भिडियो बनाउन जानेहरुको त्यो ठाउँमा ठूलो भिड लाग्ने गरेको थियो । केही युवायुवतीहरूले टिकटकमा भिडिओ हालेपछि भाइरल बनेको मलपोखरीमा दुर्घटना नहोस् भनेर स्थानिय प्रशासनले जान निषेध गरेको हो ।

केही समय देखि टिकटकमा भाइरल भएको त्यो मल पोखरीको कथा भने फरक छ । सो पोखरीमा केही वर्ष पहिले सम्म पानी थियो । मल बनाउन भन्दै त्यहाँ पानी माथि झार उमार्न थालियो । अहिले पानीको माथि सबै घाँस उम्रिएको छ । घाँसको तल पानीको दलदल छ । जसलाई मल बनाउन प्रयोग गरिन्छ । केही वर्ष पहिले एक जना युवा सो दलमा परेका थिए । धेरै दिदी बहिनीका एक मात्र भाइ दलमा परेर मृत्यु भएपछि घटनास्थल आएका आमाबुवा बे हो स भएका थिए ।

उनलाई निकै समय पछि खोजेर बाहिर निकालिएको थियो । एक जना स्थानिय महिलाले त्यो मल पोखरीको इतिहासवारे यो भिडियोमा जानकारी गराएकी छन् । जोखिमयुक्त स्थानमा युवा युवतीको भिडले जोखिम हुने भएकाले त्यहाँ जान निधेष गरिएको स्थानिय प्रशासनले जनाएको छ । त्यहाँ वडा कार्यालयले निषेधित क्षेत्र भन्दै वोर्ड राखेको छ । जोखिम बढेपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले त्यहाँ प्रवेश निषेधको वोर्ड लगाउन वडा कार्यालयलाई आग्रह गरेपछि अहिले बोर्ड समेत राखिएको छ ।

तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउन थालेका थिए। दलदलमा परेर दुर्घटना हुन सक्ने भएकाले प्रहरीले सतर्कता अपनाएको हो । अहिले महानगरीय प्रहरी प्रभाग बल्खु र वडा९४ को समन्वयमा सो क्षेत्र निषेधित घोषणा गर्दै बोर्ड राखिएको हो।

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया