सोमबार ०८ कार्तिक २०७८

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे । ‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दु ब्ला एकी देखिन्छिन् ।

सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जि ज्ञा सा राख्दै स्वा स्थ्यलाभको कामना गरेका छन् । प्रचण्ड पत्नी सीता हाल चितवनमा छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइएको गंगा दाहालले जानकारी दिइन् । त्यस्तो कुनै सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइएको उनले बताइन् ।

आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताएकी छिन् । उनले भनिन्, ‘आमाको स्वास्थ्य अवस्था सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आ त्ति ए का छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घ टे को छ ।’ दाहालमा विगत ४ वर्षदेखि पा र्कि न्सनको स्वा स्थ्य स म स्या रहेको छ । उनी दुर्लभ स्वा स्थ्य स म स्या का रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी ९पी।एस।पी० बाट पी डि त रहेकी छिन् ।

चिकित्सकहरूका अनुसार यो समस्या म स्तिष्कमा अ स र परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गा ह्रो हु ने गर्छ । यो समस्या ६० बर्ष उमेर माथिकालाई हुने चि कि त्सक हरु को भनाइ छ । एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मं सिरमा हृ दय घा त बा ट नि ध न भएपछि उनमा स्वा स्थ्य स म स्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उपचारका लागि अ मे रि का लगिएको थियो । त्यसपछि पटक पटक भारत लगिएको थियो ।

३४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया