बिहिबार १६ मंसिर २०७८

काठमाडौं । दराजले नव वर्षको भव्य सेल ‘दराज नव वर्ष २०७८ नयाँ रहर नयाँ अफर’ सार्वजनिक गरेको छ । आजबाट सुरु हुने सेल वैशाख ७ गतेसम्म चल्ने दराजले जनाएको छ । नयाँ वर्षको भव्य सेलमा विभिन्न सामानमा विशेष छुटका साथै बम्पर उपहार प्रदान गर्ने जनाएको छ ।

दराजले विभिन्न सामान जस्तै घरायसी सामानहरू, ग्याजेट, फेशन, किराना लगायतमा विशेष छुटको घोषणा गरेको छ । त्यसैगरी पूर्व भुक्तानी गर्दा पनि छुट दिने दराजले जनाएको छ । दराजले डेविट तथा क्रेडिक कार्ड प्रयोगकर्ताका लागि विशेष छुट दिने जनाएको छ ।

बैंकको कार्डमार्फत सामान खरिद गर्ने ग्राहकले १५ देखि २० प्रतिशत सम्मको छुट पाउने छन् । दराजमा सामान खरिद गर्न नबिल, सानिमा, एनएमबि, मेगा, माछापुच्छ्रे, सनराइज, एनआईसी एशिया, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन बैंकका ग्राहकले १५ देखि २० प्रतिशतसम्मको छुट पाउने छन् ।

ग्राहकहरुले आफ्नो ई-सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि ५ सयसम्मको विशेष छुट पाउन सक्नेछन् । यसबाहेक, भिसा कार्ड प्रयोगकर्ताले दराजमा आफ्नो पहिलो खरीदमा पूर्व–भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

यसैगरी एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्तामा लिन सक्ने दराजले जनाएको छ ।

दराजले खेल एक रुपैयाँको (वन रुपी गेम) जस्ता खेलहरू पनि प्रस्तुत गरेको छ । गेममा दराज प्रयोगकर्ताहरूले वन प्लस एन १००, डिजिकम ब्लुटुथ मल्टिमेडिया स्पीकर, एक्स–एज ट्याब ४० जस्ता पुरस्कार मात्र १ रुपैयाँमा जित्न सक्नेछन् ।

दराजको नव वर्ष सेलमा विक्रेता र ब्रान्डहरुले पनि थप छुट दिने भएका छन् । जसमा वन प्लस, मसाला बिड्स, अमार्य, मन्त्र, अर्क, लोट्टो, सिजी लाइफ, बाल्ट्रा, काम्लिंत, म्याकेंरो, र फिलिप्स रहेका छन् । दराजले यस भव्य सेललाई नेपालको ४५ भन्दा बढी शहरहरुमा पुर्याउने जनाएको छ ।

यस अभियानको बैंक पार्टनर छूट निम्नानुसार छन्;
• नबिल बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा २० प्रतिशत ( रु १,५००) सम्म छुट
• सानिमा बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा २० प्रतिशत ( रु १,५००) सम्म छुट
• एनएमबि बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा २० प्रतिशत ( रु .१५००) सम्म छुट
• मेगा बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा २० प्रतिशत ( रु १,५००) सम्म छुट
• कुमारी बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा २० प्रतिशत ( रु १,५००) सम्म छुट
• माछापुच्छ्रे बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा २० प्रतिशत ( रु १,५००) सम्म छुट
• सन् राइज बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा २० प्रतिशत ( रु १,५००) सम्म छुट
• एनइसी एशिया बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा २० प्रतिशत ( रु १,५००) सम्म छुट
• स्ट्यान्डर्ड चार्टर्ड बैंक: डेबिट कार्डमा १५ प्रतिशत (रु १,०००) सम्म छुट / क्रेडिट कार्डमा १५ प्रतिशत ( रु १,०००) सम्म छुट
• हिमालयन बैंक: क्रेडिट कार्डमा २० प्रतिशत (रु ११,५००) सम्म छुट
थप जानकारी एवम् खरिद गर्नका लागि यो लिंकमा जानुहोस् ।

news18nepal

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया