Monday, October 19

आज एकै दिन कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु पुष्टि विवरणसहित

August 26, 2020 36
काठमाडौं, १० भाद्र । आज एकै दिन कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई महिला र नौं पुरुषको मृत्यु पुष्टि गरेका हुन् ।

आज मृत्यु हुनेहरुमध्ये अधिकांश ५० वर्ष नाघेका छन् । आज थपिएका मृतकसँगै कुल मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३५ पुरुष र ४० महिला छन् ।

मृतकको विवरण
१. मोरङकी ४६ वर्षीया महिला । १० भाद्रमा पुष्टि
२. भक्तपुरकी ५३ वर्षीया महिला । १० भाद्रमा पुष्टि
३. कैलालीका ४५ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
४. कैलालीका ५० वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
५. महोत्तरीका ६० वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
६. महोत्तरीका ७२ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
७. महोत्तरीका ७५ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
८. बाँकेका ३७ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
९. काठमाडौंका ५१ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
१०. बाराका ४१ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि
११. बाराका ४६ वर्षीय पुरुष । १० भाद्रमा पुष्टि

reporters nepal

प्रतिकृया दिनुहोस्