सोमबार १३ मंसिर २०७८

धनगढी–कैलालीको कर्णाली चिसापानी पुलबाट एक युवक बेपत्ता भएका छन्। जिल्लाको लम्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ।

jantaaawaj

 

 

३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया