Monday, October 26

१ महिला साहित ५ पुरुष मृत अवस्थामा फेला फेला परेका छन्

August 26, 2020 152

काठमाडौको गोकर्णेश्‍वर नगरपालिका–१ स्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । नुवाकोट, बिदुर नगरपालिका–९ किम्ताङ टोल बस्ने किस्पाङ गाउँपालिका–४ साल्मे घर भएका ८० वर्षीय प्रताप सिंह तामाङ बिदुर नगरपालिका–९ इन्टेक नहरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, सबैला नगरपालिका–३ स्थित सबैला बख्री बजारमा सिरहा कर्जन्हा नगरपालिका–९ घर भई शहिदनगर नगरपालिका–२ चोराकोलपुर ससुराली घर बस्ने ४३ वर्षीय विगुल पासवान शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी जनकपुर उपमहानगरपालिका–९ गोडधोई सार्वजनिक पोखरीमा सर्लाही रम्भापुरी गाउँपालिका९२ ब्रमपरी बस्ने २० वर्षीय अभिनाश कर्ण शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, मुसिकोट नगरपालिका–५ तल्लो फाँटमा सुनचाँदी पसल गरी बस्ने पाल्पा घर भएका ५० वर्षीय लक्ष्मण सुनार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी नवलपरासी (पुर्व) बौदिकाली गाउँपालिका–४ बस्ने ५५ वर्षीय खिन बहादुर आलेको सोही गाउँपालिका २ र ४ जोड्ने बौदी खोलाले बगाई शुक्रबार मृत्यु भएको छ । बौदीकाली गाउँपालिका–२ स्थित छोरीको घर गई फर्किने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्दा घटनास्थलदेखि अन्दाजी १ किलोमिटर टाढा लाश फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

janaboli

प्रतिकृया दिनुहोस्