सोमबार १३ मंसिर २०७८

नेपालमा कोरोनाको दोश्रो लहर सुरु भएको छ । भारतमा दैनिक लाखौंको संख्यामा कोरोना पुष्टि भै रहेको छ भने हजारौंको संख्यामा भारतबाट नेपाल भित्रिरहेका छन् । खुला सिमाको कारण मानिसहरु नेपाल आउने क्रम जारी छ । यससँगै नेपालमा कोरोनाको द्रोश्रो लहर तिब्र रुपमा फैलने जोखिम पनि बढेको छ ।

सिमानामा गरिएका जाँचमा कोरोना पुष्टी हुने क्रम बढेको छ । सनिवारसम्म मात्र बाँकेमा भारतको महाराष्ट्रबाट आएका १० जनामा कोरोना पुष्टि भएको छ । जमुनाहस्थित नाकामा चैत ११ गतेदेखि हालसम्म गरिएको स्वास्थ्य जाँचमा शंकास्पद १०९ जनालाई कोरोना एन्टिजेन जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार बिहान भेरी अस्पताल, नेपालगन्जमा २१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको कोरोना जाँच गरिएकोमा २१ जनालाई कोरोना देखिएको अस्पतालले जनाएको छ । चैतयता कोरोना दर बढ्दै गएको छ र यसको क्रम बढ्ने निश्चित छ । तर मानिसहरुले कोरोना टेष्ट गर्न भने छोडेको अस्पतालले जनाएको छ ।

भारतबाट आएका व्यक्तिमा दैनिकजसो नै कोरोना देखिन थालेपछि भारतबाट फर्किनेहरुका लागि नाकामा नेपालगन्ज उपमहानगरपालिकाले स्थापना गरेको हेल्थडेस्कमा स्वास्थ्य जाँच गरेरमात्र नाका पार गर्न पाउँछन् । जसमा २ जना ल्याबका स्वास्थ्यकर्मीसहित पाँच जना स्वास्थ्यकर्मी परिचालन गरीएको छ ।

virap90media

१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया