शुक्रबार ३१ बैशाख २०७८

राहुल वैद्य र दिशा परमारको विवाहको चर्चा ज्यादै नै भएको थियो । विग वोस १४ को घरमा नै राहुलले दिशालाई विवाहको लागि प्रस्ताव गरेका थिए । अहिले दुवैले गुपचुपको साथ विवाह गरेका छन् ।

अहिले उनीहरूको विवाहको भिडियो बाहिर आएको छ र उक्त भिडियो खुवै भाइरल भइरहेको छ । केही दिन अगाडी विवाहको तस्बिर बाहिर आएको थियो । त्यसपछि फ्यानले उनिहरु विवाह बन्धनमा बाँधिएको अड्कलबाजी गरेका थिए ।

उनीहरूको विवाहको भिडियो सोसल मिडियामा आए पछि फ्यान हैरान भएका छन् । सबैले बधाई दिइरहेका छन् । राहुल र दिशाले पोस्टमा लेखेका छन्, नयाँ सुरुवात । टिभी इन्डस्ट्रीको स्टार्सले यो नयाँ जोडीलाई खुव बधाई दिइरहेका छन् । फ्रान्सले विवाह कहिले, कहाँ गरेको भनी कमेन्ट गरिरहेका छन् ।

भाइरल भएको भिडियोमा राहुल र दिशाको ड्रेस देखिरहेको छ । दिशाले डार्क पिंक कलरको लेहंगा लगाएकी छिन् भने राहुलले अफ ह्वाइट कलरको शेरवानी लगाएका छन् । दुवैले एक अर्काको हात समाएर अगाडी बढिरहेको देख्न सकिन्छ । त्यही अलि गोनी र जस्मिन भसीन पनि देखिएको छ ।

तपाईँहरूको यादको लागि राहुल वैद्यले विग वोस १४ हाउसमा दिशा परमारसँग प्रपोज गरेका थिए । दिशा पनि भेट्न गएकी थिइन र उनले राहुलको प्रपोजल स्विकारेकी थिइन् । दुवै धेरै समय देखि एक अर्कासँग डेट गरिरहेका थिए ।

listkhabar

४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया