Friday, October 30

भारतमा ‘द कपिल शर्मा शो’ बहिष्कार अभियान सुरु भयो, यस्तो छ कारण

August 26, 2020 63

काठमाडौ । भारत लगायत विश्वका धेरै मुलुकमा पनि रुचाइएको हाँस्य कार्यक्रम द कपिल शर्मा शो पनि वहिष्कारको अभियान भारतमा सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो कार्यक्रम पनि वहिष्कार गर्नुपर्ने माग सहित अभियान सुरु गरेका छन् ।

सुशान्त सिंह राजपूतका प्रशंसकले ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध गर्न माग गर्दै कार्यक्रम वहिष्कारको अभियान सुरु गरेका छन् । यो कार्यक्रममा पनि अभिनेता सलमान खानको नाम जोडिएका कारण यस्तो माग गरिएको हो ।

अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा थुप्रै कलाकार अहिले वहिष्करणमा परेका छन् । करण जोहर पछि धेरै वहिष्करणमा परेका अर्का कलाकार सलमान खान हुन् । कार्यक्रमका निर्मातामा सलमान खानको नाम पनि समावेश भएका कारण सुशान्तका प्रशंसकले यस्तो माग गरिरहेका छन् ।

फेसबुकमा सोमबार एक प्रयोगकर्ताले जस्टिस फर सुशान्त सिंह राजपूत ह्याशट्याग एसएसआर नामक ग्रुपमा पहिलो पटक यो सन्देश लेखेपछि अहिले सो कार्यक्रम वहिष्कारको अभियान नै सुरु भएको छ । उनले लखेका छन्, ‘प्रिय सदस्य, द कपिल शर्मा शोलाई पूर्ण रुपमा बहिष्कार गरौं ।’

ग्रुपका अर्का एक सदस्यले पनि त्यसलाई पच्छ्याउँदै समर्थन गरे । उनले पनि लेखेक, ‘प्रिय एसएसआर परिवार, कृपया ध्यान राख्नुहोस् कि ‘द कपिल शर्मा शो’ कार्यक्रमका सह–निर्माता सलमान खान हुन् । हामीले उनलाई उनको फिल्मको माध्यमले मात्रै नभई सबैतिरबाट, हरेक स्थानबाट उनलाई पूर्ण रुपमा बहिष्कार गर्नुपर्छ । अबदेखि ‘द कपिल शर्मा शो’ पूर्ण रुपमा बहिष्कृत ।’

९१ हजार सदस्य रहेको यो समुहमा अहिले अभियान सुरु भएको छ । अन्य थुप्रैले कार्यक्रम वहिष्कारको माग उठाएका छन् । सुशान्तको निधन पछि त्यसको कारण नेपोटिम भएको मान्यता राख्दै अहिले बलिउडमा थुप्रै कलाकार विरुद्ध यस्तो अभियान सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्