आइतबार ३१ आश्विन २०७८

काठमाडौं । सरकारले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुलाई दिने विभूषणमा नेपालको नयाँ नक्सा नै अंकित गर्ने जनाएको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राखिने स्पस्ट पारेको हो ।

शुक्रबार वितरण गरिएको विभूषण गत वैशाख १ मा वितरण गर्नका लागि तयार पारिएको र कोरोना महामारीका कारण ढिला गरी वितरण भएकाले पहिलेकै राजनीतिक र प्रशासनिक नक्सा भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति मार्फत प्रस्ट पारेका छन् ।

शुक्रबार वितरण गरिएका पदक, मानपदवी तथा विभूषणहरुमा पुरानै नक्सा अंकित भएको विषयमा सामाजिक सञ्जाल लगायतमा टिप्पणी भएपछि मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

news18nepal

१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया