शुक्रबार ३१ बैशाख २०७८

काठमाडौँ : आगामी हप्ताको बुधबारको दिन हिन्दु नववर्ष विक्रम संवत २०७८ मनाइन्छ । नयाँ वर्ष लागेसँगै नयाँ संवत्सर प्रारम्भ हुन्छ । वैदिक सनातन हिन्दू धर्मअनुसार शास्त्रमा कुल ६० संवत्सर हुन्छन् । हिन्दु नववर्ष २०७८ मा यस वर्ष ९० वर्षपछि एक अद्भुत संयोग बन्दै छ । ज्योतिर्विदका अनुसार यो संयोगले कष्ट दिन्छ या जीवनमा आनन्द लिएर आउँछ ? जान्नुहोस्

संवत्सरको मतलब १२ महिनाको काल अवधि हुन्छ । सूर्य सिद्धान्त अनुसार, संवत्सर बृहस्पति ग्रहको आधारमा निर्धारित गरिन्छ । बृहस्पतिले हरेक १२ वर्षमा सूर्यलाई एक चक्कर पूरा गर्छ । यी ६० संवत्सर यानी ६० वर्षको तीन हिस्सा हुन्छ ।

संवत्सरको पहिलो हिस्सालाई ब्रम्हा जीसँग जोडिन्छ । यसलाई ब्रम्हविंशति भनिन्छ । दोस्रो भागलाई विष्णुविंशति भनिन्छ र यसको अन्तिम भागलाई शिवविंशति भनिन्छ । संवत्सर यानी हिन्दु वर्ष, प्रत्येक वर्षको अलग-अलग नाम हुन्छ ।

शास्त्र अनुसार, २०७८ संवत्सरको नाम आनन्द हुनेछ । यसको प्रभावले तपाईको जीवनमा आनन्दको वहार आउनेछ । महामारीको प्रकोप कम हुनेछ । यो संवत्सरको स्वामी भग देवता हो । यिनको आगमनले मानिसहरुबीच खुशीयाली छाउनेछ । चैत्र ३१ मङ्गलबारको दिनबाट नै वत्सर आरम्भ हुनेछ । यो दिन चैत्र शुक्लपक्षको चैत्र शुक्लपक्ष पनि हो र यसै दिन संवत्सरको राजा मङ्गल हुनेछन् ।

नयाँ विक्रम संवत २०७८ वृष लग्न र रेवती नक्षत्रमा सुरु हुनेछ । यस पटक औंसी र नव संवत्सरको दिन सूर्य र चन्द्रमा दुवै मीन राशिमै ठिक एउटै अंशमा रहनेछ । यानी कि मीन राशिमा नयाँ चन्द्रमा उदय हुनेछ ।

वृष राशिमा मङ्गल र राहु दुवै रहनेछ । राजा, मन्त्री र वर्षा वर्षा यी तीनैको अधिकार मङ्गलसँग छ । २०७८ को यस संवत वर्षमा धेरै गर्मी बढ्नेछ। वर्षात् कम हुनेछ । यस पटक वित्तको अधिकार पनि बृहस्पतिसँग छ, सोहीकारण दुनियाँभरको आर्थिक स्थिति सुधार हुनेछ ।

ज्योतिषाचार्यका अनुसार मङ्गल क्रुर हुन्छन् र युद्धको देवता पनि हुन् । यस संवत वर्षमा दूर्घटना, विनाश, हिँसा, भूकम्प, प्रहरी र सेना धेरै प्रभावशाली हुनेछन् । यो वर्ष आगजनीको सम्भावना पनि बढ्नेछ । शल्य चिकित्सा आधुनिक हुनेछ । यो वर्ष दूर्घटनाका मामिला बढ्नेछन् । यो वर्ष सामाजिक र राजनीतिक अस्थिरता बढ्नेछ । प्राकृतिक विपत्तिले धेरै धनजनको क्षति गर्नेछ । यो संवत वर्षमा ठुलो आँधी-बेहरी, हावाहुरी आउनेछ टर वर्षा कम हुनेछ ।

निर्णय सिन्धु शास्त्र अनुसार, संवत २०७८ राक्षसको नामले चिनिन्छ । निर्णय सिन्धुका अनुसार यो संवत ८९ औँ संवत हो र यसलाई अपूर्ण संवत पनि भन्दछन् । प्रमादि संवत्सरले आफ्नो पूरा वर्ष व्यतीत गर्न पाउँदैन् । यसकारण ९० औँ वर्षमा पर्ने संवत्सर यानी कि आउँदो संवत्सर विलुप्त हुनेछ ।

निर्णय सिन्धु अनुसार यसपटक विचित्र संयोग बनिरहेको छ । यो ९० वर्षपछि बन्न लागेको हो । यो संवत पूर्ण रुपमा विलुप्त रहनेछ । यसले रोग, भय र राक्षस प्रवृत्ति बढ्नेछ र मानिसहरुमा अपराध गर्ने मनोवृति बढ्नेछ ।

चैत्र ३१ गतेबाट नवसंत्सर सुरु हुनेछ र सोही दिन राति २ बजेर ५४ मिनेटमा सूर्य मेष राशिमा आउनेछ । सूर्य मेष राशिमा प्रवेश गरेसँगै मेष संक्रान्ति सुरु हुन्छ । यसलाई वर्षको सबैभन्दा ठुलो संक्रान्ति मानिन्छ । संवत्सर प्रतिपदा र मेष संक्राति एकै दिन परेको छ । यो संयोग ९० वर्षपछि बन्न लागेको हो । केही विद्वानहरुका अनुसार यही चैत्र २९ गतेबाट सुरु हुने संवत वर्षलाई आनन्द भनिन्छ । यस वर्ष हर्ष र उल्लास बढ्नेछ ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत मानिन्छ । विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले नयाँ वर्षमा गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । यो दिन बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको प्रमादी ४७औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् ।

listkhabar

१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया