Friday, October 30

कुलमानलाई नै निरन्तरता दिने ‍‍‍‌औपचारिक जानकारी आउने

August 26, 2020 124

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदममा कुलमान घिसिङलाई निरन्तरता दिइँने भएको छ ।

आज बस्ने मन्त्रिपरिषद बैठकले घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गर्ने स्रोतको दाबी रहेको छ ।

बैठकले घिसिङको कार्यकाल पुनः थप गर्ने बताइएको छ ।

मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकराी गराएका छन् ।

यो नियमित बैठक हो । कोरोना संक्रमणको जोखिम बढिरहेकोले रोकथाम तथा नियन्त्रणयससम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ ।

साथै कुलमानलाई नै निरन्तरता दिने ‍‍‍‌औपचारिक जानकारी आउने बताइएको छ ।

Source laligurash

प्रतिकृया दिनुहोस्