Tuesday, October 27

मेरो नामको फेक एकाण्ट खोली गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् : कुलमान घिसिङ

August 26, 2020 38

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नामको फेक एकाण्ट खोली गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् । मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो ।

राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेका थिए । यस विषयमा कुलमान घिसिङको फेक अकाउण्टबाट समाचार सम्प्रेषण भएपछि भ्रममा नपर्न आग्रह गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको जानकारी दिएका छन् । घिसिङले भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।’

rangin nepal

प्रतिकृया दिनुहोस्