बिहिबार २३ आषाढ २०७९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन्।

त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई निरन्तर फकाइरहेका छन्। ओलीको भित्री आशय प्रतिनिधिसभालाई विघटन नै गर्नेछ। विघटन गर्न नसके अर्को पार्टीको सरकार बन्न नदिने प्रस्ट लाइनमा प्रधानमन्त्री ओली देखिएका छन्।

प्रधानमन्त्री ओलीको रणनीतिलाई चिर्न माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्ष लागिपरे पनि नेपाली कांग्रेस र जसपा प्रस्ट नहुँदा समस्या भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको भित्री लाइन पनि प्रतिनिधिसभा विघटन नै गरेर मध्यावधि निर्वाचनमा जानेछ। तर उनले पार्टीभित्रको दबाबका कारण सरकार गठनका लागि पहल गरेजस्तो देखाइरहेका छन्। ‘देउवाले सरकार गठनमा गम्भीर छलफल गर्नेछैनन्, त्यसैले आफ्नै नेतृत्वको सरकार बन्नुपर्छ भनेर अडान लिनुको अर्थ पनि सहमति नगर्ने नै हो,’ कांग्रेसनिकट स्रोतले भन्यो।

कांग्रेस नेता रामचन्द्र पौडेल भने प्रधानमन्त्री ओलीको विकल्पमा सरकार गठन गर्नुपर्ने अडानमा छन्। पौडेललाई खुसी पार्न संसद् बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्न लगाइएको स्रोतले बतायो।

यही चैत २३ गतेको संसद् बैठकमा कांग्रेसका सांसदले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। जसपा अध्यक्ष महन्थ ठाकुर समूहले रेशम चौधरीसहित थारू आन्दोलनमा पक्राउ परेकालाई मुद्दा र जेलबाट छुटाउनुपर्ने मुख्य माग राखेको भए पनि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दादेखि नै उनका पक्षमा उभिएको छ।

ठाकुर समूहको भित्री आशय पनि प्रधानमन्त्री ओलीलाई साथ दिएर संसद् विघटन नै गराउने भएको स्रोतले बतायो।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

pathivarapost

५१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया