Monday, October 19

राजेश हमालको भाई राकेशलाई सुजाता र शेखरले काँग्रेसको झण्डा ओढाएर दिए श्रद्धाञ्जली

July 25, 2020 163

काठमाडौं, ९ साउन । अभिनेता राजेश हमालका भाई राकेश हमालको शव स्वदेश ल्याइएको छ । उनको शवलाई आज पशुपति आर्यघाटमा कोइराला परिवारका तीनजना सदस्यहरुले एकैसाथ नेपाली काँग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

काँग्रेसका पूर्व विदेश विभाग सदस्य समेत रहेका हमाललाई महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्यहरु सुजाता कोइराला र डा. शेखर कोइरालाले पार्टीको झण्डा ओढाएका हुन् । उनलाई अन्तिम श्रद्धाञ्जली दिन काँग्रेसका नेता तथा कार्यकर्ताका अलावा आफन्तहरु पशुपति आर्यघाट पुगेका थिए ।
कलेजोको समस्याका कारण आकस्मिक उपचारका क्रममा हमालको हिजो नयाँ दिल्लीमा निधन भएको थियो । उनको शवलाई आज काठमाडौं ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस्