Sunday, October 25

काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गोली प्रहार

August 26, 2020 45

काठमाडौं, १० भदौं । अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गोली प्रहार भएको छ ।

अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गोली प्रहार भएको हो । गोली लागेर घाइते अवस्थामा रहेकी सबालाई अस्पताल भर्ना गरिएको छ ।

कामको सिलसिलामा कारमा सवार उनीमाथि तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । उनी सवार कारमा दुइजना सुरक्षागार्ड, एक बालक र कार चालक रहेको अवस्थामा गोली प्रहार गरिएको हो । बन्दुकधारीमाथि सुरक्षागार्डले जवाफी कारबाही गरे पनि उनीहरु भाग्न सफल भएका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस्