Friday, October 23

भिडियोमा हेर्नुहोस, सुशान्तको रहस्यमय मृत्युमा खुल्दै गएको रहस्य : विष दिएर मारिएको

August 26, 2020 260

काठमाडौ । अभिनेता सुशान्त सिंह राजपूतको घटनामा निकै कडा ढंगले प्रस्तुत हुँदै आएका भाजपा नेता सुब्रमण्डम स्वामीले फेरी पनि उनको निधन स्वभाविक नभएको बताएका छन् । उनले सुशान्तलाई विष खुवाएर ज्यान लिइएको दावी गरेका छन् । उनले सुशान्तको निधनको कनेक्सन दुवईसंग भएको बताउँदै आएका छन् ।सुशान्तको निधन भइसकेपछि पनि उनको पोष्टमार्टम ढिलाई गर्नुमा पनि घटना लुकाउने षडयन्त्र भएको बताएका छन् । स्वामीले निकै पहिला नै सुशान्त घटनामा सिविआइद्धारा घटनाको अनुसन्धान गर्न माग गरेका थिए । भिडियोमा हेर्नुहोस, सुशान्तको रहस्यमय मृत्युमा खुल्दै गएको रहस्य:

अहिले सो घटनाको अनुसन्धान सिबिआईले गरिरहेको छ । उनले घटनामा सुशान्तकी प्रेमीका भनिएकी रिया चक्रवर्ती र अर्का फिल्म निर्देशक महेश भट्ट माथि प्रश्न उठाएका थिए । तर सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको भएपनि रियासंग भने गरेको छैन ।उनले सुशान्तको निधन विष खुवाएर भएको बताएका छन् । उनले अब विस्तारै सो घटनामा संलग्न भएकाहरुको बारेमा केही कुरा खुल्दै गएको पनि बताएका छन् । उनका अनुसार विष सुशान्तको पेटमा नै घोलियोस् भनेर पोस्टमार्टम गर्न पनि जानीजानी ढिला गरिएको हो । यसमा जो जिम्मेवार छन्, उनीहरुको कठालो समात्ने बेला भइसकेको पनि उनले बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले सुशान्तका बरेमा लगातार आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । उनले एम्सका डाक्टरहरु माथि पनि शंका गरेका छन् । स्वामीले अर्की अभिनेत्री श्रीदेवीको घटना जस्तै सुशान्तको घटनालाई पनि मिलाउन खोजिएको दावी गरेका छन् ।सुशान्त सिंहको परिवारका सदस्यसमेत सिबिआइ मार्फत घटनाको अनुसन्धान गर्न माग राख्ने स्वामी पनि एक हुन् । यो घटनामा सर्वोच्च अदालतको आदेशपछि अब सिबिआईले अनुसन्धान गरिरहेको छ ।

sl samachar library

प्रतिकृया दिनुहोस्