Saturday, October 31

काठमाडौं उपत्यकामा आगामी भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ

August 25, 2020 34

काठमाडौं उपत्यकामा आगामी भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ १७ गतेसम्म थप्ने निर्णय गरेको हो ।

उपत्यकामा गत भदौ ३ देखि भोलि १० गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो ।

उपत्यकामा दिनहुँ कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि थप सात दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको हो ।

हाल निषेधाज्ञामा बिहान ९:१५ सम्म किराना, तरकारी तथा मासु पसल खाेल्न दिइँदै छ ।

sarbajanik.com

प्रतिकृया दिनुहोस्