शुक्रबार २२ साउन २०७८

काठमाडौ । एक महिलाले सबै कुरा सहन सक्छन् तर अपमान सहन सक्दैनन् । अहिले सामाजिक सञ्जालमा विदेशमा गएका पुरुषका श्रीमतीलाई गाउँमा अनेक आरोप लगाउने, उनीहरुको च रि त्र मा शंका गर्ने जस्ता कृयाकलापले गर्दा पनि धेरैका घर विग्रिएका छन् ।

महिलाहरु बाध्य भएर घर छोडेर हिड्न बाध्य भएका हुन्छन् । अहिले एक जोडी १७ दिन पछि फेला परे । श्रीमती गइन् भनेर श्रीमानले खोजीका लागि युट्युवरलाई आग्रह गरे । सामाजिक सञ्जालमा आफ्ना बारे श्रीमानले त्यस्तो आग्रह गर्दै बोलेको भिडियो सार्वजनिक भएपछि श्रीमती पनि सार्वजनिक भइन् ।

उनीहरुको एक साना छोरा छन् । श्रीमानले खुट्टामा चो ट लागेका कारण अपागं हुन्छ भनेर श्रीमतीले छोडेर गै भन्दै आरोप लगाएपछि उनको चित्त दुखेको रहेछ । उनले सानो छोरालाई माइतमा छोडेर दुई साता अन्तै गएकी थिइन् । उनले आफु काम गर्न गएको बताएकी छन् । १७ दिन पछि आमाको काख पाएपछि छोराको पनि खुसी फर्किएको छ । तर उनले श्रीमानसंग मिलेर बस्न नसक्ने भनेपछि उनको भविष्य के हुन्छ ? भनेर चिन्ता देखिएको छ ।

उनले आफु काम गर्न जाने, छोरालाई माइतमा लगेर राख्ने भनेर सल्लाह गरेर नै गएको बताएकी छन् । तर श्रीमानले अनावश्यक आरोप लगाएपछि उनको चित्त दुखेको थियो । सामान्य असमझदारीवाट अलग भएका श्रीमान श्रीमती १७ दिन पछि भेटिदा पनि आँशु थाम्न सकेनन् । उनीहरु दुवै जनाको आँखामा आँशु देखिन्थ्यो । तर सामान्य असमझदारीले उनीहरुबीच दुरी बढाएको देखिन्थ्यो ।

४१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया