आइतबार १२ मंसिर २०७८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातिर बढि रहेकोले विकल्प खोज्नुपर्ने बताए ।

प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग गर्‍यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने धारणा राखे । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भए पनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने जिकिर गरे ।

नेता पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविश्यमा टाउको समातेर रुनुको विकल्प नहुने बताए । त्यसैले चुनाव चुनाव भनेर बस्न नहुने उनको भनाइ थियो ।

पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनावमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्ने तर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताए । अहिलेको सरकारको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनको लागि पनि कांग्रेसले आफूलाई बचाउनु पर्ने स्पष्ट पारे ।

उनले भने,‘तपाईलाई पक्ष हाम्रो लिनुहोस् भन्दिनँ तर पक्षपात रोक्नुहोस् । निष्पक्षता अपनाउनुहोस् । पक्षपातको शासन चलिरहेको छ नेपालमा । पक्षपातको शासन रोक्नुहोस् । नाङ्गो रुपमा कम्युनिष्टहरू पक्षपातको शासनमा उत्रेका छन्, आजको हाम्रो लडाइँ तिनैसँग हो । हाम्रो लडाइँ यही सिद्धान्तको लडाइँ हो । सत्ताको लडाइँ होइन ।’

news18nepal

१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया