
एजेन्सी । बेलायतकी रानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको निधन भएको छ । बकिङ्हम प्यालेसले ९९ वर्षीय फिलिपको निधन भएको शुक्रबार जानकारी दिएको छ । उनको शुक्रबार बिहान निधन भएको हो ।
‘गहिरो दु:खका साथ महारानीले आफ्ना प्यारो श्रीमान एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्नुभएको छ,’ प्यालेसको विज्ञप्तिमा भनिएको छ ।
फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो । पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन् । फिलिप र एलिजावेथका ४ छोराछोरी थिए । उनीहरूका ८ नाति-नातिनी र १० पनाति-पनातिनी छन् ।
news18nepal