शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । सरकारले तत्काल लकडाउन नहुने प्रष्ट पारेको छ । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले अहिले नै लक डाउन गर्नें/नगर्ने विषयमा केही निर्णय नभएको बताए ।

संक्रमण बढ्दै गएको अवस्थामा भने सरकारले जुनसुकै बेला पनि लकडाउन गर्न सक्ने तर्फ उनले संकेत गरे । उनले भने, ‘सरकार कसरी जान्छ भन्ने कुरामा तपाई हामीले अनुमान गर्ने कुरा हो । फेरी पनि लकडाउन गरेर हुन्छ की । के गरेर हुन्छ कोरोनाबाट जनतालाई कसरी बचाउन सकिन्छ भन्ने हिसाबबाट निर्णय हुन्छ ।’

सरकारले जे निर्णय गरेपनि जनताको हितमा रहेर गर्ने उल्लेख गर्दै गुरुङले लकडाउन गर्दा पनि अनावश्यक रुपमा विरोध हुने गरेको बताए ।

news18nepal

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया