Monday, November 30

काठमाडौंका तीनसहित सात जनाको मृत्यु पछिल्लो २४ घण्टामा उपत्यकामा २३२ सहित थपिए ८५५ संक्रमित

August 25, 2020 105

काठमाडौं, ९ भदौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौंका तीन जनासहित थप सात जनाको ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष छन् । मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा २३२ सहित थपिए ८५५ संक्रमित
काठमाडों पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मंगलबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी उपत्यकामा २३२ जना नयाँ संक्रमित थपिएको बताएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका ८५५ जनामध्ये २३२ जना काठमाडौं उपत्यकाका हुन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन् ।

naya page

प्रतिकृया दिनुहोस्