बुधबार ०८ बैशाख २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छिन् ।

आफ्नै आमाको उजुरीमा निर्देशक रेग्मीलाई पहरीले पक्राउ गरेको हो । ८४ वर्षीया आमाको जाहेरीपछि आइतबार उनलाई कार्यालयबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।

आमाले आफ्नो माछापुच्छ्रे बैंकमा रहेको रकम र लकरमा रहेका सुनचाँदी छोरीले अनधिकृतरुपमा निकालेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीमा छोरीले आफूहरूको ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको निर्देशक रेग्मीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसूरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

sanjalkhabar

६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया