शनिबार ०४ बैशाख २०७८

काभ्रे । काभ्रेमा बसभित्रै मृत भेटिएकी महिलाको बलात्कार पछि हत्या गरेको आरोपमा चार जना बालबालिका पक्राउ परेका छन् ।

बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५ वर्षीया महिला आइतबार बिहान मृत फेला परेकी थिइन् । महिलालाई बलात्कारपछि हत्या भएको र यो घटनामा सडक बालबालिकाको संलग्नता देखिएको काभ्रे प्रहरीले जनाएको छ । घटनास्थलको फरेन्सिक एक्पोर्टसहितको प्राविधिक टोलिले अनुसन्धान गरेको थियो ।

घटनामा तीनजना बालक र एक बालिकाको संलग्नता देखिएको भन्दै चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा उनीहरुले मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने क्रममा बिबाद भएपछि घटना लुकाउनका लागि हत्या गरेको बताएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले बताए ।

अनुसन्धानको क्रममा शनिबार राति ती महिलाको हत्यामा २२ वर्षीय रोशन भन्ने बिजय तामाङको संलग्नता रहेको प्रहरीको अभियोग छ । प्रहरीले सोधपुछ गर्दा बिजय आफूलाई ती महिलाले चोरीको आरोप लगाएकोले हत्या गरेको बताएका छन् । मृतक महिलाको घर रामेछापको दोरम्बा गाउँपालिका ६ र उनी पूर्णकला भन्ने पुजा दमाई रहेको खुलेको छ ।

बिजयलाई भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ सिपाडोल स्थित उनको डेराबाट प्रहरीले पक्राउ गरेको हो । उनले अफूले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

sanjalkhabar

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया