बिहिबार १६ मंसिर २०७८

काठमाडौं । सरकार नागरिकलाई २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने तयारीमा जुटेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेलामा राेक लगाउन सरकार लाई सिफारिस गरिसकेकाे छ ।

यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आजै बस्ने बैठकले निर्णय गर्न सक्नेछ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले महामारी निम्त्याउन सक्ने निचाेडसाथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको हाे ।

त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुनसक्ने बताइएको छ ।

sanjalkhabar

२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया