Monday, October 19

पोखरा,कास्कीका जारी निषेधाज्ञाको निर्णयमा सामान्य हेरफेर

August 25, 2020 26

पोखरा । कास्कीका जारी निषेधाज्ञाको निर्णयमा सामान्य हेरफेर गरिएको छ । आइतबार राति १२ बजे सकिन लागेको निषेधाज्ञा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले पाँच दिन थप गरेको छ ।

बैठकले हालकै अवस्थाको निषेधाज्ञालाई जारी राखे पनि केही क्षेत्र खुकुलो पारेको छ । संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार हार्डवयर, ढुवानी सेवा र बैंक सञ्चालनका लागि सहज बनाइएको छ ।

डिसिसिएमसीको निर्णयाअनुसार बेलुका पाँच बजेदेखि ७ बजेसम्म हार्डवयर खुल्न पाउने छन् । फलफूल, तरकारी तथा खाद्यान्न पसलको लागि भने दैनिक ५ घण्टा बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म यथावतै छ । अनावश्यक हिंडडुलका लागि पनि थप कडाई गरिने छ ।

यस्तै, सिमित कर्मचारी परिचालन गरेर बैंकहरु पनि सञ्चालनमा आउन पाउने छन् भने ढुवानीका सवारी पनि निर्वाध रुपमै चल्न पाउने छन् । अन्य क्षेत्रको हकमा भने यसअघिको निर्णय नै मान्य हुने छ ।

arthatantra

प्रतिकृया दिनुहोस्