Thursday, December 3

कांग्रेस नेता गोविन्द रञ्जितको कोरोनाले लियो ज्यान…….!

August 25, 2020 132

काठमाडौं । कोरोनाभाइरस संक्रमित नेपाली कांग्रेसका नेता गोविन्द रञ्जितको निधन भएको छ ।

कांग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति रञ्जितको कोरोना संक्रमणबाट निधन भएको कांग्रेस नेता किरण गिरिले जानकारी दिए ।

उनकाअनुसार उपचारका क्रममा मंगलबार बिहान रञ्जितको मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु भर्ना भएका थिए ।

उनको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ । संक्रमित अन्य सदस्यहरुको पनि बलम्बुस्थित सशस्त्रको अस्पतालमा भर्ना गरिएर उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्