Saturday, October 24

(मिलुङ झरना) को वास्तविकता चैत बैशाख महिनामा आगो जस्तै देखिने र भदौ महिनामा इन्द्रेणी देखिने

August 25, 2020 85

पान्थरको हिलिहाङ गाउँपालिका ३ र ४ को संगमस्थल मा अवस्थित ‘मिलुङ् झरना ’ को बारेमा पछिल्लो समय निकै चर्चामा रह्यो। तर झरनाको नामबारे केही तत्वहरुले भ्रम सिर्जना गर्ने दुस्साहस पनि गरे।

उक्त झरनाको नाम भाषिक, साँस्कृतिक र ऐतिहासिक आधारमा ‘मिलुङ् झरना’ नै हो भनी लिम्बु समुदाय का केही संघ सस्थाहरु ले हिलिहाङ गाउँपलिका मा विज्ञप्ति पनि बुझाएको छ र झरना क्षेत्रमा बोर्डहरु पनि राखिएको छ।परापूर्वकाल देखी लिम्बु समुदायको बसोबास रहदै आएको झरना क्षेत्र आसपासका स्थानीयले पनि झरनाको नाम ‘मिलुङ’ नै रहेको प्रमाण सहित बताएका छन् ।

कसरी रहन गयो झरनाको नाम मिलुङ झरना भनेर स्थानीय बासिन्दा हरुको भनाइ अनुसार लिम्बु भाषामा मि=अागो , लुङ= ढुङ्गा लाई ( मिलुङ ) अागो जस्तो ढुङ्गा [ झरना रहेको जग्गाका जग्गाधनी, स्थानिय वृद्धहरु र मुन्धुम विज्ञहरुका अनुसार] देखिने भएको ले मिलुङ रहेको हो।कारण: अपह्रान्न पछि सुर्यको किरण यो झरनामा ठोकिदा झरनाको रङ अागो (मि) जस्तो देखिने हुँदा यसलाई मिलुङ ( अागो जस्तो ढुङ्गाबाट पानी बग्ने) भनियो भनेर स्थानीय बासिन्दा ले बताएका छन्। चैत बैशाख मा आगो जस्तै देखिने र भदौमा इन्द्रेणी देखिने भएर पनि मिलुङ भनिएको हो भनी भनेका छन् । उक्त झरना लिम्बु जातिको माङ्गेना मुन्धुममा समेत समाबेश रहेको कुरा स्थानिय बासिन्दा फेदाङ्मा ( लिम्बु पुजारी ) ले बताएका छन् ।

क्षेत्री बाहुन समुदाय ले मिलुङ् झरना लाई उच्चारण गर्न असहज भइ मिलुङ्गा मिलुङ्गा भन्दाभन्दै मृदुङ्गा भन्न थालेको भनी त्यस क्षेत्रका स्थानीय बासिन्दा ले बताएका छन् ।

yangwarak focous

प्रतिकृया दिनुहोस्