सोमबार ०६ बैशाख २०७८

बर्दिया राष्ट्रिय निकुञ्जमा बा’घको आकमणबाट निकुञ्जका एक कर्मचारीको आइतबार मृ;त्यु भएको छ।

गैंडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको हो। गत बुधबारदेखि गैंडा गणनामा खटिएका थारुको बाघले आक्रमण गरेपछि मृ,त्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णप्रसाद श्रेष्ठले बताए।

चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट १० जनाको मृ;त्यु भएको छ।

यो पनि

काठमाडौं । कीर्तिपुरमै नक्कली नोट छाप्ने मेसिन फेला परेको छ । नक्कली नोट बनाइरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ। उनीहरुले युट्युव हेरेर नक्कली नोट बनाउन सिकेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

प्रहरीले कीर्तिपुरस्थित समल टोलबाट ३५ वर्षीय गनबहादुर लोप्चन र ३९ वर्षीया माया तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।लोप्चनको योजनामा केही सातादेखि कीर्तिपुरमा कोठाभाडा लिएर नक्कली नोटको कारोबार गरेको प्रहरीले जानकारी दिएको छ। लोप्चनले युट्युबमा रहेका सामग्री हेरेर नक्कली नोट बनाउन सिकेको र कारोबार गरेको खुलेको छ।

‘हामीसँग उसले युटुबबाट हेरेर फोटोकपी मेसिन किनेर छापेको बताएको छ,’ एक प्रहरी अधिकृतले सुनाए।

लोप्चनले न्युरोडबाट १९ हजार रुपैयाँमा फोटोकपी मेसिन र आवश्यक पर्ने अन्य कागज किनेर ७र८ दिनदेखि नक्कली नोटको कारोबार गरेको प्रारम्भिक बयान दिएका छन्। पक्राउ परेका लोप्चन यसअघि मिस्त्रीका रुपमा काम गर्दै आएको खुलेको छ। आर्थिक अवस्था निकै नाजुक भएपछि नक्कली नोटको कारोबारमा लागेको उनले प्रहरीलाई बताएका छन्।

‘केही गर्दा पनि पैसा कमाउनै सकिएन। बाँच्नै पर्‍यो भन्दै यस्तो धन्दा गरेको भन्छ,’ एक प्रहरी अधिकृतले सुनाए।

sudursanchar2

१० पटक हेरिएको

तपाईको प्रतिक्रिया