Wednesday, October 21

विवाह गरेको ७ दिनमै विदेशिएका श्रीमानलाई दुवईमा मृ’त्यु द’ण्डको फैसला, अझै पनि उनको आशमा १७ वर्ष देखि बसेकी छन् …

August 25, 2020 304

काठमाडौ । दुहुँ गाउँपालिका—४ दौलाकी ३० वर्षीया धनुष ब’मले श्रीमान्को प्रतीक्षा गरेको १७ वर्ष भयो । दुवईको जे’लमा १३ वर्षदेखि मृ’त्यु द’ण्डको सजाय भोगिरहेका श्रीमान् अमरको रिहाइ होला र छिट्टै घर फर्केलान् भन्ने आशामा उहाँ हुनुहुन्छ ।

विवाह भएपछि श्रीमान्सँगै समय बिताउने र कोखमा बच्चा समात्ने रहर कसको हुँदैन र ? सिउँदोमा सिन्दुर पोतिएपछि चोखो प्रेममा परेकी धनुषा श्रीमान्को न्यायको पर्खाइमा हुनुहुन्छ । चौध वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी धनुषाका श्रीमान् अमर भारतको दिल्लीमा ट्याक्सी चलाउनु हुनुहुन्थ्यो । बिहे गरेको सात दिनपछि घर सजाउने सपना बोकेर अमर पुनः भारतको दिल्लीमा कामका लागि भनेर फर्किनुभयो । वर्ष दिनमा फर्किने र घरको सपना देखाएका उहाँको लागि त्यो सपना अझै पूरा हुन सकेन ।

उहाँका श्रीमान् १७ वर्षदेखि दुवईको जे’लमा मृ’त्यु द’ण्डको सजाय भोगिरहेका छन् । सन् २००७ मा युएईको अदालतले अमरलाई एक भारतीय नागरिकको ह’त्या आरोपमा मृ’त्यु द’ण्डको सजाय सुनाएको हो । सन् २००३ सालबाट दुवईको अविरजेलमा जे’ल जीवन विताइरहेका अमर आफू निर्दोश भएको बताउँदै आएको छ । विगत १७ वर्ष देखि श्रीमान्को बाटो कुरेर बसेका धनुसालाई एक दिन अवश्य नै श्रीमान घर फर्किला भन्ने विश्वासमा दिन बिताइरहेकी छन् ।

घरमा ६० वर्षीय ससुरा कर्णबहादुर र धनुसा मात्रै छन् । श्रीमान् आउँला भन्ने आशै आशमा धनुसाको उमेर ढल्किदै गएको छ । श्रीमान्को रिहाइका लागि गाउँको घर खेत बेचेर भएपनि काठमाडौँसम्म कयौं पटक पुगेका छन् । दुई पटक त धनुसा आफ्नो ससुरासँगै काठमाडौँ पुगेर प्रधानमन्त्री र मन्त्रीलाई भेटेर रिहाइको पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

हरेक पटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री र मन्त्रीलाई भेटेर छोराको रिहाइको लागि अनुरोध गर्दै आएका छन्, अमरका बुवा कर्ण । छोराको रिहाइको लागि भन्दै काठमाडौँ आवतजावत गर्दागर्दै ऋणको भारी परेको छ, परिवारमा । परिवार अझै पनि छोरा निर्दोश रहेको र उसको रिहाइ गरिदिन विभिन्न सरकारी निकायसँग आग्रह गर्दै आएको छ । दार्चुलाको दुर्गम गाउँका ती परिवारको आवाज अहिलेसम्म न सरकारले सुन्यो, न त ठोस् पहल नै भयो । धनुसा भन्छन्, “ज्यान रहेसम्म श्रीमान् आउँला भनेर बाटो कुर्दै बसेकी छु ।”

प्रतिकृया दिनुहोस्