बिहिबार ३० बैशाख २०७८

अत्तरिया – खेमा रावलले ३ महिनामै बुवा गुमाईन । ज्याला मजदुरीले धानेको परिवारले कमाउने मान्छे गुमाएपछि खेमाको बाल्यकाल आर्थिक अभावमै वित्यो ।

कैलालीको गोदावरी नगरपालिका–१० खमौरा घर भएकी खेमाले जसोतसो १० कक्षा सम्मको अध्ययन पुरा गरे पनि अगाडी पढ्न सक्ने अवस्था थिएन ।

परिवारमा वृद्ध आमा र बिरामी दिदीले उनलाई पढाउन सक्ने अवस्था नभएपनि उनले आफ्ना पढ्ने चाहना भने मर्न नदिने सोच बनाईन् । त्यसका लागि उनी नजिकको सरकार वडा कार्यालय गुहारीन् ।

‘वडा कार्यालयले नजिकैको ग्वासी माद्यमिक विद्यालयमा कक्षा ११ मा निशुल्क पढ्न पाउने सिफरीस पत्र बनाईदियो’ उनले भनीन ‘वडाले सिफारीस पत्र बनाईदिए पनि विद्यालयले भने वडाको सिफारीसमा निशुल्क पढाउन नसक्ने जनायो ।’

अगाडी पढ्न नपाईने भनेर निराश भएकी खेमा पुनः वडा कार्यालय पुगिन ।

‘दोस्रो पटक वडा कार्यालय गएकी थिए । वडा अध्यक्ष ज्यु ले म आफै व्यक्तिगत खर्चमा पढाउन्छु भन्नुभयो र, मलाई विद्यालयमा भर्ना गरिदिनुभयो’ उनले भनीन् ।

वडा अध्यक्षको सहयोगमा १२ कक्षा उत्तीण गरेकी खेमाले स्नातक तह पढ्न पुनः पुरानै समस्या भोग्नुप-यो ।

शिक्षिका बनेर आफूजस्तै पढ्न समस्या हुनेलाई पढाउने सोच बनाएकी खेमालाई आफै पढ्न नसकिरहेको अवस्थामा पुनः वडाअध्यक्षले नै सहयोग गरेपछि मंगलबार अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखि क्याम्पसमा भर्ना भएकी छिन । खेमालाई वडा अध्यक्ष गुड्डु शाहीले व्यक्तिगत खर्चमा विएड प्रथम बर्षमा भर्ना गरिदिएका हुन ।

‘७० बर्षकी आमा हुनुहुन्छ । घरमा आयश्रोत केहि पनि छैन । यस्तो अवस्थामा पनि मैले उच्च शिक्षा पढ्न पाए’ खेमाले भनीन् ‘वडा अध्यक्ष मेरा लागि भगवान बनेर आईदिनु भयो । नत्र म पढ्न पाउने थिईन ।’

उनले क्याम्पसमा वडा अध्यक्षले भर्ना गरिदिए पनि थप खर्चका लागि भने अन्य निकायबाट पनि सहयोग भईदिए आफूलाई पढ्न सहज हुने बताईन् । उनले नगरपालिकामा पनि सहयोगका लागि आग्रह गरेको भएपनि अहिले सम्म सहयोग भने नपाएको बताईन् ।

वडा अध्यक्ष शाहीले आर्थिक अवस्था कमजोर भएका कारण पढाई छोडिरहेकी खेमालाई विद्यालय भर्ना गरेको बताए ।

‘आर्थिक अवस्था कमजोर भएका कारण मैले १० कक्षा देखि नै व्यक्तिगत खर्चमा पढाईरहेको थिए’ उनले भने ‘१२ कक्षा पास गरेपछि पढाई छोड्ने अवस्था आएपछि स्नातकमा पनि मैले नै भर्ना गरिदिएको हु ।’

उनले गोदावरी नगरपालिकामै आफ्नो वडा शिक्षामा कमजोर भएकाले आर्थिक अवस्थाकै कारण कोहि पढ्न बन्चित नहुन भनेर सहयोग गर्ने गरेको बताए ।

वडा अध्यक्ष शाहीले हाल आर्थिक अवस्था कमजोर भएका वडाका ३ जना विद्यार्थीलाई पढाईरहेका छन ।

zkhabar

३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया